suekhet
bheriad

रोकीएन नक्कली नोटको धन्दा ,

lekabesi

फागुन ७ , पोखरा – नेपालमा नक्कली नोटको बिगबिगी अझै रोकीएको छैन। ,यस्तै नक्कली नोटको करोबारो गर्ने श्रीमान श्रीमतीलाई कास्की प्रहरीले पोखरा बाट पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेको छ ।

पक्राउ परेका हरुबाट एक हजारका नोट १९ थान , ल्यापटप , मोबाईल प्रहरीले फेला पारेको छ।

पोखरा महानगरपालिका १६ अर्मलाका बिभिन्न किराना पसलहरुमा ग १४ प ३५४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले गत माघ २२ गते १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार भएका थिए ।नोट कँहा बाट आयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।