surkhet

नकारात्मक कार्य गर्नेप्रति सरकार कडाईका साथ उत्रिन्छ प्रधानमन्त्री ओली ,

surkhet

फागुन ७ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले देश अग्ररुप्मा अगाडी बढिरहेका बेला लोकतन्त्रमा केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताएका छन् । यस्तो कार्य गर्नेप्रति सरकार कडाईका साथ् अगाडी बढ्ने ओलीले चेतावनी दिएका छन्।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताए ।

Gorkha

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको बताए ।

Dailekh

प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने उल्लेख गरेका छन् ।ओलीले लिखित रुपमा बोल्दै यस्तो मन्तब्य प्रस्तुत गरेका हुन् ।

salyan