प्रियंका चोपडा र अक्षय को जोडी फेरी अगाडी बढ्ने ,,

रंग दर्पण ९ फाल्गुन – बलिउडका ‘खेलाडी’ अर्थात् अक्षयकुमार तथा अभिनेत्रीद्वय प्रियंका चोपडा र करिना कपुरले अभिनय गरेको फिल्म ‘ऐतराज’ आजभन्दा १४ वर्षअगाडि रिलिज भएको थियो । व्यापारिक रुपमा सफलता हासिल गरेको उक्त फिल्मले विशेषगरी प्रियंकालाई धेरै माथि उठायो ।

अहिले आएर ऐतराजको सिक्वेल बन्ने चर्चा सुरु भएको छ । यसका लागि प्रियंकाकहाँ अफर पुगेको र उनले स्क्रिप्ट मन पराएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यद्यपि फिल्ममा हिरो कसलाई लिने भन्ने तय छैन । यदि अक्षयकुमारलाई नै निर्माताले यो फिल्ममा लिन चाहे भने त्यो त्यति सजिलो छैन ।

किनकी अक्षय र पि्रयंकाले सँगै काम नगरेको एक यूग भइसकेको छ । विवाहित अक्षयसँग पि्रयंकाको अफेयरको हल्ला चलेपछि उनीहरुले सँगै फिल्म खेल्न छोडेका थिए । त्यसैले यो फिल्ममा अक्षयले काम गर्न मन्जुर गर्ने सम्भावना झिनो छ ।

lekbesi

त्यसो त फिल्मको कथावस्तु पनि पहिलेको भन्दा धेरै फरक हुने र नाम पनि नयाँ हुने बताइन्छ ।