suekhet
bheriad

भारतले आक्रमण गरे पाकिस्तानले प्रतिकार गर्छ पाकिस्तानी प्रधानमन्त्री खान ,

lekabesi

फागुन ७ ,एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले सैन्य कार्वाही गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् । खानले मंगलबार टेलिभिजन सम्बोधनमार्फत भारतलाई यस्तो चेतावनी दिएका हुन् ।

खानले भने यदि भारत हाम्रो विरुद्द उत्रिन्छ भने हामी तेस्को प्रतिरोध गर्छौ ।भारतले सोचे जस्तो गरि हामि सोच्दैनौ सिदाही हमला गर्छौ उनले टेलिभिजन मार्फत भने केही दिनअघि भारत प्रशासित काश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

उक्त आक्रामक पाकिस्तानले गरायको भारतको ठहर छ। सो घटनाको बदला भारतले लिने भन्दै भारत पाकिस्तान विरुदा धावा बोलेको छ। काश्मीर आक्रमणपछि ती दुई देशबीच थप तनाव बढेको छ ।

४६ जनाको ज्यान जाने गरि भयको घटनाको जिम्मा पाकिस्तानी भूमिबाट सञ्चालित अतिवादी संगठन जैश,ए,मोहम्मदले लियको थियो।

सो घटना आफु हरु बाट नभयको खान बताउछन। खान भन्छन, उक्त घटनाको छानबिन र अनुसन्धान गर्न हामि पनि तयार छौ ।तर हामीमा लागेको आक्षेप र धम्कि पूर्ण भाषा सैय हुन्न।तेस्को प्रतिकार हामि पनि गर्छौ खानले भने।