suekhet
bheriad

नवलपरासी केरा उत्पादक संघको दोस्रो बार्षिक साधारणसभा सम्पन्न, केरा सुपरजोन कार्यक्रम लागु गरिने ,

lekabesi

फागुन ८ ,नवलपरासी पश्चिम – नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभा प्रतापपुर गाउपालिका वडा नं.-८ पिपरपातिमा हिजो ७ गते मंगलबार सम्पन्न भएको छ।

साधारणसभाको शुभकमना दिदै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले नवलपरासी जिल्ला केरा खेतीका लागि राम्रो सम्भावना रहेको क्षेत्र भएकोले केरा सुपरजोन कार्यक्रम लागु गरेर किसानलाई आत्मनिर्भर बनाउन सकिने धारणा ब्यक्त गरेका थिए ।

सुस्ता र प्रतापपुर गाउँपालिकाको सेन्टरमा पर्ने गरि कोल्ड स्टोर निर्माण, कृषि आधुनिक औजार खरिदमा अनुदानको व्यवस्था र नर्सरीको व्यवस्थापन राज्यबाट गराउनका लागि पहल गर्ने सांसद रामलखनले प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश नम्बर ५ का कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले प्रदेश सरकारले कृषि क्षेत्रमा कुल बजेटको ११ प्रतिशत रकम विनियोजन गरेको बताउनुभयो ।

केरा किसानको समस्यालाई मध्यनजर गर्दै सुस्ता गाउपालिकामा केराको छुट्टै चेम्वर रहनेगरी चिस्यानकोको निर्माण गर्ने सचिव देवकोटाले बताउनुभयो ।

जिल्लाको प्रतापपुर र सुस्ता गाऊपालिकामा करिब ८८० घर दुरी केरा कृषक रहेको र यसबाट लाभान्वित जनसंख्या करिब ७११० रहेका छन ।

साधारणसभामा २०७४/०७५ सालको कुल आय ब्यय २ लाख ६७ हजार २ सय रहेको प्रस्तुत गरिएको थियो ।

नवलपरासी केरा उत्पादक संघको अध्यक्ष लखु यादवको अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सांसद रामलखन हरिजन, विशिष्ट अतिथि प्रदेश नं.-५ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव यमनारायण सापकोटा, प्रतापपुर गाऊँपालिका अध्यक्ष राजकुमार शर्मा, सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कादिर अलि, सुदामा कोइरी ,संङगालो साना किसान संस्थाका अध्यक्ष धन बहादुर गुरूङ लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अंगद यादव/ नवलपरासी पश्चिमका रंग दर्पण सम्वाददाता हुन् ,,