Simta
Gurvakot
Gurvakot

त्रिविका सहायक डिन साहलाई विद्यार्थीले कालोमोसो दलेपछि त्रिविबाटै निलम्वित ,

फागुन ८ ,काठमाडौं- नेकपाका विद्यार्थी संगठन निकट विद्याथीहरुले त्रिवि शिक्षा शास्त्रका सहायक डिन बबालाल साहमाथि कालोमोसो दलेका छन् ।

ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ति यौन दुराचार गर्न खोजेको उनीप्रति आरोप लागेको छ।

Simta

साहलाई नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका हुन् । उनलाई विद्यार्थीहरुले प्रहरीलाई जिम्मा लगाएका छन् ।

lekbesi

सो घटनालगत्तै साहलाई त्रिविले निलम्बन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन साहलाई गरेको हो ।

त्रिविले अनुशासनहिन तथा निन्दनीय कार्य गरेको स्पष्ट पार्दै शाहलाई निलम्बन गरिएको जनाएको छ ।