पश्चिम नवलपरासीमा लाखौंको अवैध कपडा बरामद ,,

अंगद यादव/
९ फागुन, नवलपरासी पश्चिम -नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं.-२ चिसापानी स्थित पूर्व पश्चिम राजमार्गको किनारबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा फेला पारेको छ ।

बिहिवार बिहान ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय बर्दघाट खटिएको प्रहरीको गस्ती टोलीले गस्ती जाने क्रममा अवैध कपडा बरामद गरको छ ।

पुर्व पश्चिम राजमार्गको किनारमा बेवारिसे अवस्थामा रहेको लेडिज सल २७ थान, सुट ५३ थान, विभिन्न थान कपडा ५० थान, तौलिया ३० थान, कटन थान कपडा १ सय ४४ मिटर, सर्ट कपडा नौ सय मिटर, सुटको थान कपडा ५ सय १० मिटर, तन्ना ६ थान, सादा साडी ३३ थान, कढाई साडी २१ थान, पर्दा कपडा २० मिटर र विशेष कढाई साडी ३ थान रहेको थियो ।

lekbesi

बेवारिसे अवस्थामा फेला परेको सो कपडाको अनुमानित रकम रु. १ लाख ६८ हजार ४ सय ६० रुपैया बराबरको अवैध कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

सो बरामद गरिएको अवैध कपडा आवश्यक कार्यावाहीको लागी मुल भन्सार कार्यालय महेशपर पठाइएको उपरिक्षक थापाले जानकारी दिनुभएको छ ।