नेपाल भारत पेट्रोल पाईपलाईन अन्तिम बिन्दुमा ,,

Naumule

फागुन,१० काठमाडौं – नेपाल, भारत पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सरकारले भारतबाट नेपालमा पेट्रोल पाईप लाईन बारा जिल्लाको अमलेखगञ्जदेखि बिहारको मोतिहारीसम्म बिछ्याउन लागेको हो।

अब यो कार्य अब g जंगल रहेको भू-भागमा मात्रै बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ । निगमले काठमाडौंमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक सुसिल भट्टराईले भने ३६ किलोमिटर मा २७ किलोमिटरमा पाईप बिछ्याइ सकिएको छ।

बाँकी रहेको भू भागमा अत्यधिक जंगल छ उनका अनुसार लाईन विस्तार क्षेत्रमा झन्डै ७ हजार सम्म रुख काट्न पर्ने देखिन्छ

नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६ दशमलब २ किलोमिटर र रक्सौलदेखि मोतिहारीसम्म ३२ किलोमिटर पाइप गाड्नुपर्ने छ । भारततर्फ भने झण्डै ५ किलोमिटर जति मात्रै पाइप गाड्न बाँकी छ ।

परियोजनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने बाराको पथलैयादेखि अमलेखगञ्जसम्म कूल ८८ हजार १ सय ६३ रुख काट्न गत माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो ।

पथलैयादेखि अमलेखगञ्जसम्म निकुञ्जको जंगल क्षेत्र भएको र पथलैया सिमरा क्षेत्रमा पनि जंगल भएकोले झण्डै ९ किलोमिटर क्षेत्रमा भूमिगत पेट्रोलियम पाइपलाइन विछ्याउने काम शुरु हुन सकेको छैन ।

Gurvakot

सरकारले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको मात्रै रुख काट्ने जिम्मेवारी टिम्बर कर्पोरेसन नेपाल (टीसीएन) लाई दिएको छ ।
पथलैयादेखि दक्षिणतर्फको रुख के गर्ने भन्नेबारे अन्यौल कायमै छ ।

रुख काटेर ठाउँ दिएपछि १५ दिनमा खाल्डो खनेर पाइप बिछ्याइसक्ने लक्ष्य निर्माण कम्पनीको छ । सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयमै सम्पन्न हुनेमा आशंका छ ।

पाइपलाइन परियोजना सम्पन्न भएपछि पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मट्टतिेलको ढुवानी गर्न सकिनेछ । यसको इन्धन बहाव क्षमता मोतिहारीमा २ सय ९४ किलोलिटर प्रतिघण्टा र रक्सौलमा १ सय ९१ किलो लिटर प्रतिघण्टा हुनेछ ।

१ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमान सहित भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ । पाइपलाइन परियोजना निर्माणको काम भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्राईभेट लिमिटेडले गरिरहेको छ ।

नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगञ्ज-रक्सौल नाका हुँदै ट्याङकरमा भित्र्याउने गरिन्छ । यसमा ढुवानी लागत बढी पर्दै आएको छ भने चुहावटले गर्दा पनि नोक्सानी हुने गरेको छ ।n४ हजार १ सय किलोलिटर तेल अट्ने क्षमताको ट्याङ्की तयारी अवस्थामा रहेको र अन्यको केहीको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनुको साथै इन्धन ढुवानीमा लागिरहेको वाषिर्क १ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ । पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्ज डिपोमा ४ वटा ट्यांकी मर्मत भइरहेको छ ।

Bangad kupinde