suekhet
bheriad

किसानलाई परिचयपत्र वितरण गर्ने तयारीमा छौ मन्त्रि खनाल ,,

lekabesi

फागुन १४ ,काठमाडौं- किसानहरुलाई परिचयपत्र वितरण गर्ने अवधारण सरकारले अगाडी सरेको छ ।

कृषि उत्पादनलाई बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्ने गरि आगामी वर्षबाट किसानलाई परिचयपत्र वितरण गर्ने योजनाको तयारी गर्नलागेको कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बताए।

मन्त्री खनालले पाँच वर्ष भित्र कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने लक्ष्य पूरा गर्न सरकारले प्रधानमन्त्री कृषि परियोजना कार्यक्रमलाई तीव्रताका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पारे ।

उनले कृषि उत्पादनलाई दोब्बर बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार किसानहरुलाई अनुदान, वीउ, मल, सिँचाईलगायतका सुविधा उपलब्ध गराउने योजना पनि अघि सारिएको स्पष्ट पारे ।

मंगलबार संघीय संसदको राष्ट्रिय सभाको बैठकमा सांसदहरुसँगको ‘प्रश्नोत्तर’ कार्यक्रमका बोल्दै उनले दुध पोख्नु नपर्ने र तरकारी खेतीमा डोजर लगाउने अवस्था आउन नदिन सरकारले अल्पकालीन र दीर्घकालीन योजना तय गरेको दावी पनि गरे ।

बैठकमा सांसदहरु राधेश्याम अधिकारी, तारादेवी भट्ट, रामनारायण बिडारी, विमला पौडेल राई, बद्री पाण्डे, अनिता देवकोटा, कमला कुमारी ओलीले कृषि उत्पादनलाई दोब्बर बनाउने र यसको निर्यात् व्यापारलाई बढाउन सरकारको आवश्यक योजना छकि छैन भन्ने बारेमा मन्त्री खनाललाई प्रश्न गरेका थिए ?