Simta
Gurvakot
Gurvakot

जनयुद्धभन्दा जटिल युद्ध अहिले लडिरहेको छु प्रचण्ड ,,

फागुन १४ ,गोरखा – जनयुद्धभन्दा जटिल युद्ध अहिले लड्नपरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रचण्डले भने पहिले जनयुद्दको बेलामा हाम्रा लडाकु र हातहतियारले लाद्न पर्थ्यो तर अहिले राज्यको सुरक्षापंक्ति भित्र बिना हतियार बिना शान्तिपूर्ण रुपले लडेको छु । जुन लडाई चुनौतीपूर्ण हुने गर्दछ ।

जनयुद्धका प्रथम शहीद रम्तेलको सम्झना गर्दै प्रचण्डले जनयुद्धका शहीद परिवारले उचित क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । प्रचण्डले भने सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन । यसमा हामि सारै दुखि छौ , ।

lekbesi

यो अवस्थामा जनताले हामीलाई गालि गर्ने र सराप्ने गरेका छन् । यो हामीले स्विकार्नु पर्छ , वृद्धभत्ता ५ हजार पु¥याउछौ भनेका थियौ तर सकेनौं, अर्काे बजेटमा व्यवस्था गर्नेछौं, त्यसका लागि छलफल भइरहेको छ,’ उनले भने ।

क्षतिपूर्तिको नाममा शहिद परिवारले हाल पाएको नगद दश लाख पर्याप्त नभएको भन्दै उनीहरुलाई प्रमाणपत्र सँगै रोजगारको व्यवस्था हुनुपर्ने बताए । साथै जनयुद्दका घाईतेहरुलाई उपचार गर्ने कार्यक्रम अगाडी भईरहेको पनि जानकारी गरे ।

Simta

प्रचण्ड शहिद दिवसको अवसर पारेर प्रथम शहिद दिल बादुर रम्तेलको सम्झनामा सहिद स्मृति स्मारक स्थापना शिलान्यास गर्न गोर्खाको बारपाक सुलीकोट गाउँपालिका,८ जराङमा पुगेर यस्तो बताएका हुन् ।

प्रचण्डले सहिद स्मारक संगै बारपाक सुलीकोट गाउँपालिकामा २५ शैय्याको सामुदायिक अस्पताल निर्माणका लागि पहल गर्ने आश्वासन दिए ।मंगलबार नै प्रचण्डले गाउँपालिकाको भवनको शिलान्यास गरेका छन् ।

ताकुकोटमा निर्माण हुने भवनको लागत ६ करोड भन्दा बढी छ । भवन निर्माणका लागि गाउँपालिकाले यस बर्ष ७० लाख रकम विनियोजन गरेको अध्यक्ष भट्टले बताए ।पार्क निर्माणका लागि चालु वर्ष १५ लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।

जिल्ला समन्वय समितिले एक करोड रोयल्टी रकम दिने प्रतिवद्धता गरेको गाउँपालिकाले जनाएको छ । हाल भाडाको घरबाट गाउँपालिकाले सेवा दिदै आएको छ । २०५२ साल फागुन १४ गते प्रहरीले चलाएको गोली लागेर प्रथम शहिद दिल बहादुर रम्तेलको मृत्यु भएको थियो ।

सोही अवसरमा प्रचडले स्थानीय सूर्यज्योति माविको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा २० कोठे भवन निर्माण भएको हो ।

प्रचण्डले मंगलबार गण्डकी गाउँपालिका ७ को वडा कार्यालय भवनसमेत उद्घाटन गरेका छन् । प्रचण्ड नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सँगै हेलिकोप्टरमा आएका थिय ।