नख्खु बमकाण्डको आरोपमा विप्लवका पूर्व अंगरक्षक पक्राउ ,,

फागुन,१४ , काठमाडौं -१ जनाको ज्यान जानेगरी नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

शुक्रबार साँझ नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि भएको विष्फोटमा परेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते छन् ।

lekbesi

घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने गरेका छन् ।

अनुसन्धान अधिकारीका अनुसार उनी नख्खु विष्फोटका वेला घटनास्थलमै उपस्थित थिए । लोत्सेचोकमा भएको विष्फोट पनि उनकै योजनामा भएको प्रहरीको दाबी छ ।

नेपालका धेरै जिल्लमामा एनसेलका टावरमा विस्फोट हुने गरेको छ। जसको जम्मा नेकपा विप्लवले लिएको छ।जसको लागि एनसेलले नेपाल सरकार गृहमन्त्रालय र सुचना तथा संचार मन्त्रालयमा धन जनको क्षतिको सुरक्षा गर्दिन विगप्ति सहित पत्राचार गरेको छ ।