पाकिस्तानी सेनाले भारतीय दुई विमान खसाल्यो, एक पाइलट पक्राउ ,,

Naumule

फागुन, १५ काठमाडौं – पाकिस्तानी सेनाले भारतीय वायुसेनाको दुई विमान खसालेको दाबी गरेको छ । विमान खसालेपछि एक पाइलट पनि पक्राउ परेको उसले बताएको छ । पूर्ण जानकारी भने हुनसकेको छैन ।

मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो । लगतै भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ ।’

Gurvakot

तर, यो भारतीय आक्रमणको जवाफ नभएको बताए । फैसलले भनेका छन्, ‘पाकिस्तानले गैरसैन्य क्षेत्रलाई निशाना बनाएको थियो, ताकि धनमालको नोक्सानी नहोस् ।’

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भने आफ्नो वायूसेनाले सिमा क्षेत्र (एलओसी) पार गरेर दुई भारतीय विमान खसालेको बताएका छन् । उनले एक विमानका पाइलटलाई नियन्त्रणमा लिइएको जानकारी पनि दिएका छन् ।

गफुरले टि्वटरमा लेखेका छन्, ‘पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसाइएको छ । एक पाईलट पनि पक्राउ परेको उनको दाबि छ।

 

Bangad kupinde