भारतका ५ वटा विमान काश्मिरमा दुर्घटनाग्रस्त ,,

फागुन १५ , भारत – पछिल्लो समय भारत र पक्स्तान बीच बढिरहेको तनाब ग्रस्तले सार्कमानै हल चल ल्याएको छ ।एक देशले अर्को देशलाई आक्रमण गर्ने कार्य जारिनै छ ।

भारतले आक्रमण गर्दा पाक्स्तानले भने तेस्को खण्डन गरेको छ। लगतै भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ ।

काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ ।

lekbesi

मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ ।

अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो ।