फेरीपनि देश भर वर्षा र हिमपात ,,
फागुन १५ , काठमान्डौ – देशभर फेरी वर्षा र हिमपात भयको छ। पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भू,भागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली जिल्ला र पहाडी जिल्लाका भूभागमा हिमपात भयको छ पश्चिमी वायु एकपछि अर्को निरन्तर भित्रिरहँदा लामो समयसम्म घाम लाग्न सकेको छैन ।
मङ्गलबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु आज मध्यरातिदेखि विस्तारै सुदूरपश्चिमबाट कम हुँदै पूर्वबाट बाहिरिने मौसमविद् गङ्गा नगरकोटीले बताए ।
आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।