suekhet
bheriad

पाथीभराबाट उडेको एक मिनेटमै के कारणले दुर्घटना भएको थियो हेलिकोप्टर ,,

lekabesi

फागुन १५ , काठमान्डौ – पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ

। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो ।

अत्यधिक हिमपातका कारण हेलिकप्टर दुर्घटना हुनसक्ने तिवारीले बताए । हेलिकोप्टरमा सवार सातै जनाको मृत भयको छ शव संकलनको काम सकिएको तिवारीले जानकारी दिए । दुर्घटना क्षेत्रमा अहिले पनि हिमपात भईरहेको छ ।