मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो ,

फागुन १६ ,काठमाडौंँ- हिजो ताप्लेजुङमा दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव काठमाडौ ल्याइएको छ ।

त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ ।अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिने छ ।

त्यसपछि श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने छ । पार्टी कार्यालयमा नेता, कार्यकर्ता र सुभचिन्तकहरुले अधिकारीलाई श्रद्धान्जली दिने व्यवस्था मिलाएको नेकपाले जनाएको छ ।

lekbesi

त्यसपछि समय रहेसम्म काठमाडौंको खुलामञ्चमा समेत अधिकारीको शव सम्मानका राख्ने विषयमा छलफल भइरहेको बताइएको छ । अधिकारिको अत्यन्स्टि ग्रह जिल्लामा राजकीय सम्मानका साथ गरिने श्रोतले बताएको छ ।