पाक्स्तानि सेनाले गिरफ्तार गरेका भारतीय पाईलटलाई रिहा गर्ने तयारि ,

फागुन १६ , काठमान्डौ – पाकिस्तानी वायूसेनाको कब्जामा परेका भारतीय पाइलट अभिनन्दन वर्तमानलै रिहा गर्ने तयारि भयको छ । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै शुक्रबार अभिनन्दनलाई सुम्पने घोषणा गरेका छन् ।

पाकिस्तानले भारतको मिग २१ लडाकु विमानलाई बुधबार खसालेको थियो । जसमा अभिनन्दन पक्राउ परेका थिए ।

भारतले पाकिस्तानलाई बिना शर्त अभिनन्दनलाई रिहा गर्न माग गरेको थियो ।इमारानले पाकिस्तानले शान्तिको सन्देश दिनका लागि यो कदम उठाएको बताएका छन् ।

lekbesi

यसअघि, पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीले जिओ टिभीसँगको अन्तरवार्तामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ताका लागि तयार रहेको बताएका थिए ।

उनले भनेका छन् म मोदीलाई सन्देश दिन चाहन्छु कि कसैलाई युद्धतर्फ धकेलियोस । अन्यथा पाकिस्तानले वाध्यतावस जवाफ दिनुपर्ने हुन्छ ।