suekhet
bheriad

ओसामा बिन लादेनका छोरामाथि सरकारको ११ करोडको पुरस्कार ,

lekabesi

फागुन १७ ,काठमान्डौ – आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको विषयमा सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने अमेरिका सरकारले घोषणा गरेको छ ।

अमेरिकी गृह मन्त्रालयले हमजालाई अलकायदाको प्रमुख नेताको रुपमा चित्रण गर्दै उक्त घोषणा गरेको हो ।केहि वर्षबाट हमजाले थुप्रै भिडियो रिलिज गरेका छन् जसमा उनले आफ्ना पितालाई मर्ने अमेरिका र उसका पश्चिमी सहयोगीहरुसँग बदला लिने र तेस्को लागि समर्थकहरुमा एकजुट हुन आह्वान गरेका छन् ।

ओसामा बिन लादेनको पाकिस्तानको एबटाबादमा हत्या गरेको थियो ।अमेरिकाले दुई वर्ष अगाडि नै आतंककारी घोषणा गरेको थियो हमजा ३० वर्षका छन् । हमजाले मोहम्मद अताकी छोरीसँग बिहे गरेका छन् ।

मोहम्मद अता उनै हुन् जसले २००१ को हमलामा चार व्यवसायिक बिमानमध्ये एउटा अपहरण गरेका थिए र त्यसले न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

एबटाबादमा बिन लादेनको घरबाट केही चिठी भेटिएका थिए जसबाट खुलेको थियो कि हमजालाई भावि नेताको रुपमा तयार गरिँदै छ । हमजालाई ओसामाले सबैभन्दा बढि माया गर्थे ।

हमजाले इरानमा आफ्नी आमासँगै धेरै वर्ष बिताएका थिए । त्यही उनको बिहे भएको थियो ।अमेरिकी गृह मन्त्रालयको डिप्लोमेटिक सेक्यूरिटीका असिस्टेन्ट सेक्रेटरी माइकल इवेनअफले भने, ‘सम्भवतः उनी अफगान-पाकिस्तान सीमामा हुन सक्छन् ।