suekhet
bheriad

मान्छे मरेर गए पेस्तोल हरायो भन्दै सेनालाई तनाव ,,

lekabesi

फागुन,१७ काठमाडौं – ताप्लेजुङमा गत १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइसक्दा पनि केही सैनिकहरु सिस्नेभीरमै थिए ।

घटना भएको दिन साँझ सैनिक जवान र प्रहरी अधिकारी रातभर शव रुँगेरै बसे । बिहान सबैको शव विमानस्थलसम्म ल्याउने वित्तिकै प्रहरी अधिकारीहरु आ,आफ्नो कार्यक्षेत्रतिर लागे । घटनामा ज्यान गुमाएका अधिकांशको शुक्रबार अन्त्येष्टि पनि भइसक्यो ।

तर, नेपाली सेनाको एउटा टोली भने अहिले पनि घटनास्थल वरपर नै घुमेर बसेको छ । आखिर किन त ?सैनिक जवानहरु मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको साथमा भएको पेस्तोलको खोजीमा छन् ।

हेलिकोप्टरमा केही कागजपत्र पनि भएको बताइएको छ, जुन बाहिर उछिट्टिएको र पूर्णरुपमा नजलेको हुन सक्ने भन्दै सेनाले खोजिरहेको स्रोतको भनाइ छ ।

सैनिक उद्धार टोलीका एक अधिकारीका अनुसार अहिले बाक्लो हिमपात भएका कारण पेस्तोलको खोजी सफल भएको छैन ।प्रहरीहरु घटनास्थलबाट गइसकेपछि पनि हामी केही समय बसेका थियौं’, ती सैनिक अधिकारीले भने, ‘तर, एक फिटभन्दा बढी हिउँ परेपछि अहिले फर्किएका छौं । यद्यपि, फेरि जान्छौं ।

दुर्घटनास्थल वरपर यो वर्ष अत्यधिक हिमपात भयको कारण पेस्तोल फेला नपरेको सेनाको अनुमान छ। जिल्लाको फुङलिङबाट करिब डेढ घन्टा गाडीको यात्रा पछि हिडेर ३ घण्टापछि मात्र दुर्घटनास्थल पुग्नसकिने उद्धारकर्ताहरु बताउछन।