गण्डक नहरमा पुरुषको शव फेला ,

फागुन १७ ,काठमान्डौ – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.-९ प्रतापपुर पुल स्थित गण्डक नहरमा अन्दाजी ५०/५५ बर्षिय पुरुषको शव शुक्रवार फेला परेको छ ।

गण्डक पश्चिमी नहरको प्रतापपुर पुल र अठलही पुलको बिचमा पानीमा शव तैरिरहेको अवस्थामा स्थानीय वासीले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी तुरुन्तै घटनास्थल पुगेको थियोे ,।

प्रहरीले उक्त शवलाई पानी बाट निकाल्यो तर फेला परेको शवको पहिचान भने हुननसकेको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।

lekbesi

पुरुषको शव सनाखत र परिक्षनको लागि पृथ्वीचन्द अस्पताल परासी पठाइएको छ । शव कसको हो त्यसको थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर केदार बस्नेतले बताए ।

अंगद यादव,नवलपरासी पश्चिम ,,