Simta
Gurvakot
Gurvakot

गोदामचौर बलात्कार प्रकरणमा संलग्न अभियुक्तलाई दश वर्ष जेल सजाय ,

फागुन १७ काठमाडौं- गत २०७४ मंसिर ३ गते ललितपुरको गोदामचौरस्थित एक २१ वर्षीय युवतीमाथि बलात्कार पछि हत्या प्रयासमा संलग्न रहेका अभियुक्तहरुलाई जनही दश वर्ष जेल सजायको फैसला गरेको छ । शुक्रबार बसेको न्यायाधीश धनसिंह महराको एकल इजलासले सो सजाय सुनाएको हो ।

सो घटनाका अभियुक्तहरु विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरलाई सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाइएको हो ।

उनीहरुले ति युवतीलाई बलात्कार पछि टाउकोमा ढुंगा प्रहार गरी हत्या प्रयास गरेका थिए भने उनीहरुले युपतीसँग भएका गरगहना समेत चोरेर भागेका थिए ।

lekbesi
Simta

माइतबाट घर र्फकने क्रममा जबरजस्ती करणीमा परेकी ती युवती बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन् । सख्त घाइते युवतीको टाउकामा २५ भन्दा बढी टाँका लगाउनुपरेको थियो ।

घटनालगत्तै प्रहरीले एक दर्जन बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका क्रममा पीडित युवतीले कार्की, कुँवर र सिलवालको नाम लिएकी थिइन् ।

पिडित युवती अहिलेपनि उपचाररत छिन यसअघि जिल्ला अदालतका न्यायधीश बालमुकुन्द दवाडीले उनीहरुलाई उन्मुक्ति दिने फैसला गरेका थिए । उक्त फैसला उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र किशोर सिलवालको संयुक्त इजलाशले उल्टाएको थियो ।