suekhet
bheriad

नेपालमा गाडी दुर्घटना हुँदा ड्राई भरलाई दोश,जहाज हेलिकप्टर दुर्घटना हुँदा पाईलट्लाई दोश किन ?

lekabesi

फागुन १८ , दार्चुला – नेपालमा बढ्दो दुर्घटना हुँदा अकालमा नेपालिहरुको ज्यान जाने गरेको छ ।, पेलेन , हेलिकप्टर दुर्घटना हुँदा पाईलट दोषी गाडी दुर्घटना हुँदा ड्राईभर दोषी देखिन्छन ।

, जानी जानी दुर्घटना कसैले पनि गर्दैन बाँचु र बचाउ भन्ने सबैको मन हुन्छ तर अकाल्पनिक ढंगले दुर्घटना भई वर्षमा हजारौले ज्यान गुमाउने गर्दछन। , बारम बार दुर्घटना हुनुमा सरकारको केहि चासो देखियको छ या छैन यो एउटा गम्भीर प्रश्न हो ?

जाहज बस्दा एयरपोर्टमा दुर्घटना हुनु , हेलिकप्टर उडेको एक मिनेटमा ठोक्किनु दुर्घटनाका कारण भने पत्ता नलाग्नुले हामि सबैको मनमा कौतुहलताका प्रश्न उठ्ने गर्छन ।

दुर्घटना न्यूनीकारण गर्न सरकारको भावीयोजना के हो ?
गत १५ गते ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटना हुँदा पर्यटन मन्त्रि सहित भीआईपी ७ जनाको अकालमा मृतु भयो ।

, हिजो मात्र दार्चुला तिङ्कर सडक अन्तर्गत दुहुँ गाउँपालिका,३ राताकाठा क्षेत्रमा दुर्घटना हुँदा ११ जनाको ज्यान गयो ।नेपालमा यस्ता थुप्रै दुर्घटना हुने गर्दछन। यो कुनै नौलो विषय होईन ।

यसमा नेपाल सरकार सडक विभाग र नागरिक उडडएन मन्त्रालयको तत्काल ध्यान आकर्षण जावोस सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।

जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

जीप दुर्घटनामा परी मुत्यु हुनेमा दुहूँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनकी १५ वर्षीया छोरी निर्मला बडाल र सोही स्थानकी ३५ वर्षीया पारुली धामी रहेका छन् ।

त्यस्तै दुहूँ गाउँपालिका– १ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धना बम र ५३ वर्षीया मानमती भट्टको पनि दुर्घटनामा परी ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतका अनुसार दुहूँ गाउँपालिका ४ की अन्दाजी ५५ वर्षीया अम्मरा बम, ७ वर्षीया आयुशा बम, बैतडी दोगाडाकेदार गाउँपालिका–६ सित्तडका प्रताप चन्द र २१ स्नेहा बमको पनि शव पहिचान भएको छ।

घटनास्थल एकदमै भिरालो रहेको र राति पनि भएकाले सुरक्षाकर्मीहरुलाई उद्धारमा कठिनाइ भएको थियो । जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।