सामाजिक संजालको कुरा के हो प्रचण्ड पुगे भरतमोहन अधिकारिलाई भेट्न ,,

फागुन १८ , काठमान्डौ – नेकपा अध्यक्ष पुर्व प्रधानमन्त्री प्रचण्ड हाम्स अस्पाताल पुगेका छन् । नेकपाक नेता भारत मोहन अधिकारिको स्वास्थ्यबारे जानकारी लिन प्रचण्ड अस्पातल पुगेका हुन् ,।

आज दिउसोबाट अधिकारिको कुनैपनि अंगले काम गर्न छोडेपछि अस्पतालले पत्रकार सम्मलेन गरेर आफु हरुले जति प्रयास गरेपनि बचाउन नसकिने जानकारी गरेको थियो।

निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा उपचार गराइरहेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपचाररत अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको बेला परिवारसँग भेट गर्दै उपचारमा लाग्ने खर्च सरकारले ब्यहोर्ने बताएका छन् ।

lekbesi

यस्तै अधिकारीलाई भेट्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट ह्याम्स अस्पताल पुगेका छन् ।

अद्यापि केहि समाचार अनलाईन र सामाजिक संजालमा भरत मोहन अधिकारिको निधन भईसकेको भनेर पोस्ट गरेका छन् । अस्पतालले भने कुनै अधिकारिक रिपोर्ट दिएको छैन।