suekhet
bheriad

डीआईजीको गाडी कारबाहीमा ,,

lekabesi

फागुन,१९ काठमाडौं – कानुन बराबर को ठुलो को सानो अब यता पनि लागु गरौ नो,पार्किङमै पार्किङ गरिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को गाडी कारबाहीमा परेको छ ।

गत शुक्रबार नर्भिक हस्पिटल अगाडि पार्किङ गरेको तस्वीर सार्वजनिक भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडीमाथि कारबाही गरेको हो । वायोमेडिकल वैज्ञानिक डा. समिरमणि दीक्षितमा ट्वीटरमार्फत उक्त तस्वीर सार्वजनिक गरेपछि ट्राफिक प्रहरीले गाडी धनीको खोजी गरेको थियो ।

खोजीको दुईदिनपछि महाशाखाले बा १ झ ६४०८ नम्बर गाडीमाथि कारबाही गरेको प्रमाण सार्वजनिक गरेको छ ।आफूहरुले गाडीलाई कारबाही गरिसकेको जनाउँदै सार्वजनिक गरिएको विवरण अनुसार चालक छत्रबहादुर थापाले आइतबार दिउँसो १२ः१५ बजे महाशाखामा गएर ५ सय रुपैयाँ जरिवाना रकम तिरेका छन् ।

पहिले त धेरैले कारबाही हुने वा नहुनेमा आसंका गरेका थिय स्वयम् दीक्षितले लेखेका थिए, ‘जय नेपाल । यहाँकै परिवार पर्नुभएछ, गाह्रो भए पनि कारबाही हुन्छ भन्ने विश्वास लिएँ ।दीक्षितले तस्वीरसँग लेखेका थिए, ‘आउनुस्, ट्राफिक नियम उल्लंघन गरौं ।

स्थानः नर्भिक अस्पताल अगाडि । समयः फोटो खिच्दा १६ः३० बजेको र यो ट्वीट गर्ने समयसम्म पनि त्यहीँ खडा । गाडी कुन डीआईजीले चढ्ने गरेका थिए भन्ने भने खुलाईएको छैन ।