Simta
Gurvakot
Gurvakot

भोलि शिवरात्रि काठमान्डौको कतिस्थानमा गाडी नचल्ने ,गाँजा खान नदिदा बाबाको कमि ,

फागुन १९ ,काठमान्डौ – भोलि शिवरात्रि भगवान शिवको पुजा अजा गर्दै मनाउने गरिन्छ। भोलि सबैले शिव लिङ्गको पुजा गर्ने गर्दछन , शिवरात्रि मनाउन देश विदेशबाट बाबा हरु ३/ ४ दिन पहिले बाट पशुपतिनाथ मन्दिरमा आउने गर्दछन ।

फागुन कृष्ण चतुर्दशीकादिन शिवरात्रि मनाउने गरिन्छ पशुपतिनाथमा फरक फरक अवतार बनेर साधु बाबा देखिने गर्दछन। , गत सालबाट शिवरात्रिमा गाँजा खान नपाईने सरकारले नीति लागुगरेपछी यो वर्ष भने केहि बाबाहरु कमदेखिने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गत वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको जानकारी दिए ।अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरको विशेषता हो ।

lekbesi

बाबाहरु शिवरात्रीमा गाँजालाई ‘प्रसाद’का रुपमा प्रयोग गर्छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ ।

भोलिको दिन दर्शकलाई भनेर महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगङ्गाबाट गौशालाका सवारीसाधनलाई प्रवेश निषेध गरेको छ ।

Simta

यस्तै दर्शनार्थी र विदेशी पर्यटकलाई वाइसिएल मार्ग, कोषका सवारीसाधन र संस्थानका सवारीसाधनलाई देवउद्यानस्थित कोषको कार्यालय, स्थानीय दर्शनार्थीलाई सिफलचौर र बाग्मती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइको महाशाखाले जनाएको छ ।

पुरानो बसपार्क–सिंहदरबार–नयाँ बानेश्वर–तीनकुने हुँदै गौशाला चल्ने सवारीसाधनलाई सोही रुट फिर्ता, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल हुँदैँ साँखुसम्म जाने व्यवस्था मिलाइएको छ । कालोपुल हुँदै कपन चल्ने सवारीसाधनलाई लाजिम्पाटबाट महाराजगञ्ज जाने व्यवस्था मिलाइएको छ ।

यसैगरी सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर हुँदै बौद्धसम्म चल्ने माइक्रोबस तथा टेम्पोलाई कृष्णपाउरोटी,नक्साल,चावहिल हुँदै बौद्धसम्म, जोरपाटीबाट सुन्धारा आउने माइक्रोबसलाई नारायणगोपालचोक हुँदै सुन्धारा जाने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

पास भएका सवारीसाधनलाई भने नक्साल, भगवतीबहाल, सानो गौचरण, कालोपुल हुँदै सिफल आउने र फर्कदा सिफल, चाबहिल गणेशस्थान हुँदै चाबहिल निस्कने गरी मार्ग कायम गरिएको छ । प्र

हरी बरिष्ठ उपरीक्षक पन्तले शिवरात्रिमा ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ५८२ ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिए ।भोलिकोदिनलाई सरकारले सार्वजानिक विदा दिने गरेको छ ,वार्षिक रुपमा हुने नेपालका केहिविदा भने सरकारले कटौती गरेको छ ।