टुँडिखेलमा नेपाली सेनाले यसरि मनायो सैनिक दिवस,,

फागुन,२० काठमाडौं – आज देशभर भगवान शिवको पुजा गर्दै शिवरात्रि पर्व मनाईदै छ ।एसैदिनमा सैनिक दिवसपनि परेको छ।

नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाइएको छ ।

सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।

lekbesi

कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो । त्यसक्रममा प्यारासुटको माध्यमबाट ‘फ्री -फल जम्प’को प्रदर्शनका क्रममा एक जना घाइते भएका छन् ।समारोहमा ७ वटै प्रदेशको संस्कृति झल्काउने झाँकी समेत प्रदर्शन गरिएको थियो ।