चलचित्र साईलीको ट्रेलर सार्वजनिक ,

चलचित्र ‘साँइली’को ट्रेलर सार्वजनिक भएको छ ।सुन साईली बोलको गीतले चर्चा पाएपछि यो गीत चलचित्रमा निर्माण भयको हो चलचित्र दुख र विदेशको कथामा निर्माण भयको निर्देशक रामबाब गुरुङ बताउछन ।

चलचित्रमा विशाल गुरुङ र मोहनराना मगरेको लगानी छ । विजय अवाले, विकास पोजास, शुभेच्छा केसी चलचित्रका सह,निर्माता हुन् ।

मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

lekbesi

यो चलचित्र चैत्र १५ गतेबाट रिलिज हुँदैछ । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।