ब्यारेकभित्रै गोलि चल्यो जाजरकोटका एक सैनिकको हत्या ,,

फागुन,२१ कञ्चनपुर – भगतपुरमा कार्यरत एक सैनिक जवानले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् । कञ्चनपुर जिल्लाको जिल्लाको २५ नं बाहिनी २३ वर्षीय वीरबहादुर खड्का सैनिकले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् ।

वीरबहादुर खडका जाजरकोट छेरा गाउँपालिका,१ का बासिन्दा हुन् । अद्यापि उनले आत्महत्या किन गरे भन्ने कारण खुलेको छैन।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

आत्महत्या गर्दा प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदै गरेको अझोले बताए । खडकाको शव परिक्षनका लागि महाकाली अस्पतालमा राखीएको नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी गरे ।