ज्योतिषको भेषमा बालिकामाथि पाँच महिनादेखि बलात्कार गर्नेलाई पक्राउ ,,

फागुन २२ ,नेपालगन्ज – बालिकालाई झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बाँकेमा बलात्कार गर्ने गरेको खबर सार्वजानिक भयको छ ।

झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका,४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले १६ वर्षीया किशोरीमा बलात्कृत गरेको प्रहरीमा जाहेरी परेको हो ।

जाहेरिपछी प्रहरीले ज्योतिष साईबाबा भनिने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

lekbesi

बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन् ।

बाहिर कसैसँग कुरा गरे जे पनि हुन सक्ने भन्ने आरोपित साईबाबाले धम्की दिएका कारण आफूले कसैलाई नभनेको पीडितले बताइन् । बालिकामा पटक पटक बलात्कृत हुदा उनि गर्भवती भयाकी थीइन बाबाको सल्हामा गर्भधारण गरेकी ति बालिकाको अत्यधिक रक्त श्रावहुने हुनेगरी नरोकिएपछि घरमा खबर गरेकी थीइन ।

यो खबर उनकी आमाले थाहापाएपछि प्रहरीमा जाहेरी दिईएको थियो। यो खबर आजको राजधानी दैनिकबाट लिईएको हो, बालिकाको नाम भने खुलाईएको छैन।