मधेश, जनजाति थारु समुदायमा फेरी रगतको खोलो बग्छ , रेशम चौधरीलाई गरेको फैसला मान्या हुने छैन ,,
फागुन २२ ,काठमाडौं- जिल्ला अद्लात कैलालीले रेशम चौधरीलाई जन्मदैद सजाय तोकेपछि राष्ट्रिय जनता पार्टी नेपालले बसेको आकस्मिक बैठकले आक्रोस पोखेको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन् ।
पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यस विरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गरे ।
जनताको प्रतिनिधिमाथि यसरि जन्मकैदको फैसला गर्न मिल्छ ? यो सारा सर अन्याय , अत्याचार भयकाले थारु , जनजाति , मधेशी मिलेर मुलुकमा रास्ट्रीय विद्रोह शुरु गर्ने नेता राजेन्द्र महोत्वले चेतावनी दिएका छन्
नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल,केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गरे ।
जिल्ला अदालत कैलालीले बुधबार हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो । त्यसप्रति नेता महतोको आपत्ति छ ।
बुधबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौंधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरुद्ध आन्दोलन गर्ने महत्वले चेतावनी पनि दिए ।