रेशम चौधरीको जन्मकैदको फैसलापछि टीकापुरमा ‘हाइअलर्ट’ ,,

फागुन २२ , कैलाली – कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीलाई जन्मकैद फैसला सुनाएपछि कैलालीमा सुरक्षाकर्मीको सतर्कता अपनाईएको छ ।

चौधरीको फैसलामा असन्तुस्ट जनाउदै राजपाले आकस्मिक बैठक बसी यसको घोरविरोध गर्ने चेतावनी दिएको छ। जिल्ल्लामा कुनैपनि अप्रिय घटना हुननदिन जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख एसपी आभुषण तिमल्सिनाले जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको बताए ।

जिल्ला अदालत कैलालीले घटनाको ४२ महिनापछि घटनापछि सांसद रेशम चौधरीसहितलाई जन्मकैदको फैसला सुनाएको हो ।

टीकापुर हत्याकाण्डबारे कैलाली जिल्ला अदालतले बुधबार गरेको फैसलापछि थारुसम्बद्ध विभिन्न संघ संगठनले रेशम चौधरी लगायत ११ जना पनि निर्देश भएकाले उनीहरुलाई राजनीतिक मुद्दा ठान्दै थुनामुक्त गर्न माग गरेका छन् ।

थारुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, थारुहट थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुर, थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरी लगायत ११ जना निर्दोष रहेकाले उनीहरुलाई थुनामुक्त गर्नेतिर राज्यको ध्यान जान जरुरी भएको बताएका हुन् ।

सामाजिक सद्भाव कायम गर्ने हो भने रेशम चौधरी लगायत ११ जनामा भयको फैसला फिर्ता लिईयोस हैन भने यसको प्रतिक्रिया नराम्रो हुने थारुसम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् ।