विप्लवका कर्यकर्तामाथि प्रहरीले चलायो गोलि ,

फागुन २३ ,कपिलवस्तु – प्रहरीले कपिलबस्तु शिवराज नगरपालिकामा विप्लवका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन् ।

बिहिबार घर खानतलासी गर्ने क्रममा भागेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो ।गोली लागेर दुर्गाबहादुर रोका घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।
उनको लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
