surkhet

उपचार गर्न आएका बालकलाई थप्पड हान्ने डाक्टरलाई प्रहरीले गर्यो पक्राउ ,,

surkhet

फागुन, २३ बुटवल – दांतको उपचार गर्न पुगेका ७ वर्षीय बालक अभिनव विकलाई थप्पड हान्ने चिकित्सक पक्राउ परेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दन्त चिकित्सक डा. हेमन्त पाठकले दाँतको गिंजामा घाउ आएपछि उपचार गर्न आएका बालकलाई झापड हानेको बिरामीका आफन्तले बताएका छन् ।डाक्टरको पिटाईबाट बालकको गालामा रातो डाम देखिएको छ ।

Gorkha

डाक्टरले बालकलाई पिटेपछि आफरुन्त र अन्य विरामीका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी गरेका थिए ।

Dailekh

आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि प्रहरीले डा. पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलमा पुराएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

salyan