विप्लवको घर लगायत वरपर प्रहरी परिचालन ठुलो मात्रमा हतियार वरामद ,,

फागुन,२३ काठमाडौंं – नेत्र विक्रम चन्द ‘विप्लव’को घरलाई लक्षित गर्दै नेपाल प्रहरीले बिहीबार कपिलवस्तुको शिवराज नगरपालिका–९, सिम्बरी डाँडामा ९ घन्टा सर्च अभियान चलाएको छ ।
यसक्रममा त्यहाँ पार्टी कार्यकर्ताहरुलाई सैन्य तालिम दिने गरिएको भेटिएको छ ।सुरक्षा अधिकारीहरुका अनुसार अपरेसनका क्रममा ‘सैन्य शिविर’ लेखिएको ब्यानर फेला परेका छन् ।
हामीलाई केहि सुचनाका आधारमा त्यहाँ सैन्य तालिम हुने गरेको जानकारी आएको थियो निगरानीमा थियो नभन्दै छापा हान्दा ब्यानरहरु भेटिएका छन् ।छापा हान्ने काममा खटिएका एक अधिकारीले भने।
प्रहरी प्रधान कार्यालयको कार्य विभाग, प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु लगायतको टोलीले विप्लवको गाउँलाई लक्षित गरेर सूचना संकलन गरिरहेको थियो । त्यसक्रममा शिवराज नगरपालिकामा ठूलो परिमाणमा हतियार लुकाइएको सूचना पाएपछि टोली ‘मुभ’ भएको थियो ।
अपरेसनका क्रममा प्रहरीले एक कार्यकर्तालाई खुट्टामा गोली हानेर पक्राउ गरेकाे छ । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले दुर्गाबहादुर रोकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
उनको घरबाट प्रहरीले दुई वटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउन्ड गोली बरामद गरेको छ । त्यस्तै, केही तार, रिमोट डिभाइस, डायरी, कागजपत्र र महत्वपूर्ण दस्तावेज बरामद भएको जनाइएको छ । विप्लव भने अर्धभूमिगत छन् ।
