नेपालको संघीय संरचना अनुसार नेपालको नयाँ नक्सा सार्वजनिक,
फागुन २३ , काठमान्डौ – नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेकी हुन ।
संघीय संरचना अनुसारको भनिए पनि सात प्रदेशमध्ये सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मात्रै नाम नक्सामा छ । प्रदेशहरूको नामाकरणमा ढिलाई हुँदा नक्सामा सबै प्रदेशको नाम राख्न नसकिएको मन्त्री अर्यालले बताइन् । बाँकी चार प्रदेशको नम्बर मात्रै छ ।
यसअघि २०४९ र २०३२ सालमा पनि आधिकारिक रुपमा प्रशासनिक नक्सा सार्वजनिक गरिएको थियो ।सरकारले प्रशासनिक नक्सा तेस्रो पटक सार्वजनिक गरेको हो । नेपालको नयाँ नक्सा सार्वजनिक भएकाले अब त्यसअनुसार प्रशासनिक, जिल्ला र स्थानीय तहहरूको नक्सा बन्ने मन्त्री अर्यालले जानकार दिइन् ।