छोटो समयमा दर्शकको मन जित्न पुगिन मोडल प्रियंका ,,

गीत संगीतको बजारमा को कतिबेला कसको नजरमा पर्छ त्यो दर्शकले जर्ज गर्छन।  नेपालि गीत संगीतले धेरै कलाकार जन्माउने गर्दछ कति चल्छन कति हराएर जान्छन।

कुनै दर्शकको रोजाईमा पर्छन, त कोहि निर्देशक वा प्रोडुसरको नजरमा, तेस्तै मोडल प्रियंका नेपालि आज भोलि सबैले मनपराउने कलाकारमा पर्छिन।  उनले छोटो समयमा दर्शकको मन जितेको पाईनछ ।

, प्रियंका आज भोलि निकै प्रोग्राममा हिड्ने गरेकी छिन।  दर्शकको रोजाईले होला उनलाई छिटै विदेशको कार्यक्रममा जाने पनि अवसर मिलेको छ।  उनि आउदो अप्रिल १२ तारिख कार्यक्रमको लागि ओमन जान लागेकी छिन।

एन आर एन ओमनले गर्नलागेको सांस्कृतिक कार्यक्रमा प्रियंकालाई पनि निमन्त्रणा गरिएको छ।  साथमा चर्चित गायिका देवी घर्ति पनि जाने रंग दर्पणलाई जानकारी भयको छ।

ओमनको सलाल अल लोवेल प्यालेस हल सन्फ़लि नजिक बृहत संकृतिक कार्यक्रम सहभागी हुन प्रियंका जान लागेकी हुन्।  उनले करिब ३ दर्जन माथि गीतमा अभिनय गरिसकेकी छिन ।

प्रियंका बढी जस्तो लोक दोहोरिमा जम्ने गरेको पाईन्छ ।प्रियंकाले चलचित्र धुम टु मापनि अभिनय गरेकी छिन  ।