थुना मुक्त भय सीके राउत ,,
फागुन,२३ काठमाडौं – डा. सीके राउत थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले तारेखमा राखेर रिहा गर्न आदेश दिएपछि उनीलाई थुनामुक्त गरिएको हो ।
उनी राज्य विप्लवविरुद्धको मुद्दामा केन्द्रीय कारागारमा थिए । कारागारका जेलर वेधनिधि अधिकारीले केहीवेर अघि उनलाई छाडिएको बताए ।
‘ उनलाई अदालतबाट आएको पत्रानुसार थुनामुक्त गरिएको हो’ । यसअघि बिहीबार दिउँसो प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
जिल्ला अदालत, रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो, उच्च अदालतले त्यसलाई सदर गरेको थियो ।
तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दोषी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ । सिके रावत स्वतन्त्र मधेश गठबन्धनको संयोजक हुन् ।