suekhet
bheriad

महिला दिवसमा उपस्थिति भईन राष्ट्रपति ,

lekabesi

फागुन, २४ काठमाडौं – आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाईएको छ ।तेस्तै ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार , समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।

महिला दिवसका अवसरमा विहान मूल समारोह समितिले र्‍याली निकालेको छ । र्‍याली भृकुटी मण्डपबाट सुरु भएर पुलती सडक-रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै पुगेर टुंगिएको थियो ।

र्‍यालीपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको थियो । समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी छिन ।