विप्लव निकटले अपहरण गरेकी सांसद प्रहरीको सम्पर्कमा ,,

फागुन, २४ काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले अपहरण गरेको भनिएकी सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा प्रहरीको सम्पर्कमा आएकी छन् ।

सांसद देवकी मल्ल चार घण्टापछि अपहरणमुक्त भएकी छन् ।जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रविण धितातले उनी आफूहरुसँगको सम्पर्कमा आइसकेको बताएका हुन् ।

उनलाई नेकपा (विप्लव समूह) का कार्यकर्ताले शुक्रबार अपहरण गरेर छाडेका हुन् बुङगल नगरपालिकामा आयोजना भएको नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बिहान ११ बजेतिर ३०/३५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले उनलाई केदारस्युँ गाउँपालिकाको सैन्सुबाट अपहरण गरेका थिए ।

विप्लव समूहले मल्ललाई आफूहरुले अपहरण गरेर सोधपुछ पछि छोडिदिएको बताएका छन् । मल्लले सांसदको हैसियतमा रहेर पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा प्रभावकारी भूमिका खेल्न नसकेको विषयमा सोधपुछ गर्नको लागि नियन्त्रणमा लिएको र सोधपुछ पछि छोडिदिएको विप्लवका एक जना जिल्लास्तरका नेताले बताएका छन् ।

उनले केही दिनअघि केदारस्युँ गाउँपालिकाकै देउरामा हुन लागेको विप्लव निकट महिला संगठनको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको, अखिल नेपाल महिला संगठन (क्रान्तीकारी) अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार गरेको जवाफमा मल्ललाई अपहरण गरिएको बताए ।

उनले भने, ‘श्रमजीवी महिलाको नेतालाई हिरासतमा राखेर नारी दिवस मनाइरहेको यो सरकारलाई चुनौती दिन हामीले सांसदलाई नियन्त्रणमा लिएका हौं ।

तल्काल उनको रिहाई नगरे यो भन्दा कडा कदम चाल्ने छौं’केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सांसद् मल्लसँग प्रहरीको कुराकानी भएको पुष्टि गरेका छन् ।अपहरण भएको हो या होइन लगायतको विषयमा विस्तृत जानकारी आइसकेको छैन ।उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ ।  थप अनुसन्धान भईरहेको उनि बताउछन ।