suekhet
bheriad

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट ,,

lekabesi

फागुन २४ काठमाडौं- बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा बम विस्फोट भएको छ ।

शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ ।

विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै बम विस्फोट भएको हुनसक्ने अनुमान छ । मानवीय क्षति भने नभयको प्रहरीले जानकारी गरेको छ।

बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो । आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा क्षति पुगेको छ। महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।