भिउजको आसले मलाई गालि खुवायो यात्रा टिमले मेलिना राई ,,

गायिका मेलिना राईले चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल’ बोलको गीतले बारेमा निन्दा गरेकी छिन। यो गीत पुरानो चलचित्र ‘आफ्नो मान्छे’मा समावेश गीत हो।

अहिले यात्रामा समावेश गरिएको गीतले युटुबमा राम्रो भ्यूज त राम्रो पाइरहेको छ । तर, यो गीतलाई दर्शकले तारिफ भन्दा बढी गाली गरेका छन् ।

दर्शकले यो गीतलाई बिगारेर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन् । गीत हेरेपछि यो चलचित्रका गायक–गायिकामाथि पनि प्रश्न उठाइएको छ ।

lekbesi

शम्भुजित बास्कोटाको संगीत, बाबुराम दाहालको शब्द रहेको यो गीतमा शम्भुजित र साधना सरगमको स्वर छ । नयाँ भर्सनमा भने गायक धमेन्द्र सेवान र गायिका मेलिना राइको स्वर छ । राजन इशानले गीतको रिएरेन्ज गरेका हुन् ।

गीतमा अत्याधिक गाली आएपछि गायिका मेलिना राइले फेसबुकमा स्टाटस लेख्दै यो चलचित्रको टिमप्रति नै ‘घोर निन्दा गर्दछु’ भनेर उल्लेख गरेकी छिन् ।मेलिना राई लेख्छिन गीतको भियुरको आशाले मलाई यात्रा टिमले निन्दा गर्न बाध्य बनायो ,यो कुराले मलाई ठुलो असर परेको छ । राईले भनिन  ।

मेलिनाले स्टाटस लेखेर आपत्ती जनाइरहँदा यो गीत रिएरेन्ज गरेका राजन इशानले भने पुरानो गीतलाई रिएरेन्ज गरेर नयाँ बनाउँदा गाली आउनु स्वभाविक भएको बताएका छन् ।

उनले भने–‘उहाँलाई अटो ट्यूनिङ चलोस् भन्ने लागेको थियो होला । तर, यो गीतमा अटो ट्यूनिङ चलेको छैन । अटो ट्यून निकालिदिने हो भने त अहिले नेपालमा गायक–गायिका नै भेट्न मुश्किल पर्छ । मलाई गीत ठिक लागेर नै फाइनल गरेको हुँ ।

‘धमेन्द्र सेवान र मेलिना राईको आवाज मैले नै रेकर्ड गराएको हुँ । उहाँहरुको आवाज फाइनल भएपछि नै राखिएको हो । दुबैले एक–एक पटक गाउँदा नै ओके भएको थियो ।उनले अगाडि भने ,,