हिमपहिरोबाट मनाङमा नेपाली गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता ,,

फागुन,२५ काठमाडौं – मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

हिमपहिरोबाट धादिङका अजय ढकालको मृतु भयको हो भने नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् ।ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।

मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले जानकारी दिए ।

lekbesi

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार फेला परेको थियो भने नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।