बोक्सी छनभने मलाई खाउ प्रधानमन्त्री ओली :

फागुन २५ काठमान्डौ – प्रधानमन्त्रीले अहिलेको युगमा आयर पनि परम्परागत कुरा गरेर बोक्सी छन भन्नु गलत हो ।

अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने बोक्सी छनभने मलाई खाऊ गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै ओलीले यस्तो भनेका हुन् । ओलीले भने यदि बोक्सी भयको भय चुनाव लड्न पर्दैनथ्यो , विपक्षि पार्टीलाई लागे हुदैथयो ।

यो महिलामाथि हुने अत्याचारहो यस्तो कार्य गर्न छोडौ ,प्रधानमन्त्री ओलीले गरीबी हटाउन तथा विकास निर्माण अगाडि बढाउन सरकारले काम गरिरहेको बताए ।

तराई मधेसको विकासका लागि सरकारले निजगढ-काडमाडौं द्रुतमार्ग, रेलवे, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायतका परियोजना अगाडि बढाइृको उनले बताए ।साथै भारतीय बाँधका कारण तराई क्षेत्रमा आउने डुबानलाई नियन्त्र गर्न सर्वेको काम अगाडि बढेको बताए ।

सिकेरावतको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीले राजपाको भने आलोचना गरे । ओलीले भने सरकार सिङ्गो देश विकासमा लागेके भन्दै ‘एउटा प्रदेशमा एकपटक जनतालाई झुक्याएर अल्मलाएर अलिकति भोट पाइयो भनेर धेरै फूतीफार्ती नगर्न आग्रह गर्न चाहन्छु ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले केही दिनभित्रै गाउँस्तरसम्म पार्टी एकता गर्ने बताए । समृद्धिका लागिसरकारले ठोस काम गरिरहेको उनको दाबी थियो । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन देशको हितको लागि काम गर्ने बेला आयको जानकारी गरे ।