सिके राउतसँग सरकारले जनमत संग्रहमा हस्ताक्षर गरेको छैन : गृहमन्त्री थापा ,
फागुन २६ ,काठमाडौँ- सरकार र सिकेरावतबीच मधेश जनमत संग्रह गर्ने सहमति नभएको गृहमन्त्री रामबहादुर थापा बादलले प्रस्ट पारेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री थापा बादलले सरकारले सहमति गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा र राष्ट्रको स्वाधिनतालाई सुदृढ गरेको दावी गरेका हुन् ।
देशमा अराजकता र विखण्डन गर्ने शक्तिहरुको समूहलाई राज्यले नियन्त्रण गरेको थापाले स्पस्ट पारे।सिकेरावत समुहले फागुन २४ गते आफ्ना गल्ति र लक्ष्य त्यागेको र सरकार सामु माफी आगेको उनले जानकारी गरे समुहले राष्ट्रिय अखण्डता र स्वतन्त्रता स्वीकार्ने प्रतिवद्धता जनाएकाले मुलुकमा शान्ति प्रकृया हुनेमा हामी विश्वस्त छौ ।
संविधानभन्दा बाहिर गएर सहमति नगरिएको भन्दै गृहमन्त्री थापाले राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण गर्यो भनेर चलाइएको यो हल्लाल गलत भएको बताए ।के साच्चै विखण्डनकारी शक्तिसँग आतमसमपर्ण गरेको हो त सरकारले ? यो प्रश्न गम्भिर छ । र यो कोणबाट किन प्रश्न उठेको छ भनेर सरकार विश्लेषण गरिरहेको छ’ बादलले भने ।
सरकारले सिकेरावत संग बुँदाहरु स्पस्ट भएको भन्दै त्यसमा विभिन्न कोणबाट टिकाटिप्पणी भएकोमा सरकार आश्चर्यमा परेको बताए । उनले जनमत संग्रहमा सरकारले सहमति गर्यो भन्ने कुरा पनि भ्रामक रहेको बताए ।
सरकार राष्ट्रको रक्षा र प्राप्त उपलव्धिलाई जोगाउनको लागि लागिपरेको बताए । कोहि सरकार संग आफ्ना गतिविधि छोडेर आत्मसमर्पण गर्न आउछ भने सरकार कठोर नबन्ने थापा बादलले बताए ।