suekhet
bheriad

जहाज दुर्घटनामा ३३ देशका १४९ जनाको मृतु ,,

lekabesi

फागुन २६ ,काठमाडौँ – इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् । विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ। दुर्घटना परी प्लेनमा सवार सबै जनाको मृत्यु भएको बताइएको छ । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ ।

इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको हो ।