भारतमा आम निर्वाचनको मिति घोषणा, निर्वाचन ७ चरणमा हुने ,
फागुन २६ ,नयाँ दिल्ली- भारतमा आम निर्वाचनको मिति घोषणा भएको छ ।घोषित समयतालिका अनुसार भारतमा ७ चरणमा निर्वाचन हुने भएको छ ।
आइतबार भारतीय चुनाव आयोगले आम निर्वाचनको मिति घोषणा गरेको हो । मतदान ११ अप्रिलबाट सुरु भई १९ मे मा सकिनेछ भने २३ मेबाट मतगणना सुरु हुनेछ ।
भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ ।
नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिश्पर्धा हुने देखिएको छ । उनीहरुको बाहेक देशभरी सयभन्दा बढी पार्टीहरु पनि प्रतिश्पर्धामा रहने अधिकारीहरुले बताएका छन् ।
विश्वकै सवैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागिता जनाउने छन् ।
यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । हिन्दु राष्ट्रवादी मुद्धा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाईलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ ।
भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रुपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिश्पर्धा रोचक हुने भारत सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।