इथियोपियाको जाहज दुर्घटनामा एक नेपालिको पनि मृतु ,,

फागुन २६ काठमाडौं – इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको छ ।

मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् ।दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको पुष्टि भइसकेको छ ।त्यस्तै विमान दुर्घटनामा मृत्यु हुनेमा केन्याका ३२ जनाले क्यानडाका १८, इथोपियाका ९ जना, चीनका ८, इटालीका ८, अमेरिकाका ८ र फ्रान्सका ७ जना युकेका ७, इजिप्टका ६, जर्मनीका ५, भारतका ४ स्लोभकियाका ४, रसियाका ३, स्वीडेनका ३, स्पेनका २, इजरायलका २ जनाले ज्यान गुमाएका छन् । यो हेर्दा सबैभन्दा बढी केन्याका यात्रुले ज्यान गुमाएको देखिन्छ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७,८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएपछि दुर्घटना भएको थियो ।

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको हो ।