जनमत संग्रह हुदैन ढुक्क हुनुस देशमा भयको चन्दा असुली सरकारलाई मान्य छैन प्रधानमन्त्री ओली ,,

फागुन २७ ,काठमान्डौ – राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने प्रधानमन्त्री केपी शर्माओलीले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री भन्छन पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो । पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ ।

सरकारले जुनकाम गरेको छ त्यो सोचेर बुजेर गरेको छ। यसमा कसैले आपति मान्नुपर्दैन राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन । प्रधानमन्त्री ओलीले भने।

lekbesi

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए । ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी विनाको माछा जस्तो भुटभुटिएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।’

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् । विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य हुने छैन ।

प्रधानमन्त्री ओलीले भने, ‘कोही मृत संस्था जिवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।ओलीले भने।