सिकेरावतले आफ्नो देशको नाम नेपाल नभएर मधेश बताउने गर्छन ,,

फागुन २७ , काठमान्डौ – सरकारले सिकेरावात् संग ११ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि रावत मधेश पुगेका छन् । सिकेरावतले आफ्नो देश नेपाल नभई मधेश बताउने गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत करिब ६ महिना अघिबाट देशद्रोहको मुद्दा लागेर जेल सजाए भोगीरहेका थिय । उनि थुनामुक्त भयलगतै मधेशमा पुगेपछि उनका समर्थकले जय मधेश स्वतन्त्र मधेश बोल्दै नारा लगाएका छन् ।

, रावत जनकपुर विमानस्थलमा पुग्न साथ उनका गार्डहरु बुलेट प्रुफ ज्याकेट , बुट र मुखमा माक्स लगाएर सजिएका थिय । यो देख्दा रावत या सरकारबीच भयको सहमतिले देशमा हालचाल पैदा गरेको छ ।

lekbesi

यो कुराले नेकपा पार्टी भित्रपनि असहमति खैलाबैला भयको छ । तर, डा. सिके राउतले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा नेतृत्वलाई फसाउन खोजे पनि नेपालको संविधान र संघीय संसदले यसलाई ‘करेक्सन’ गर्न सक्ने ठाउँ भएकाले यो सहमतिबाट सिके राउत आफू पनि फस्ने देखिएको छ ।

किनभने, सहमतिपत्रमा संविधानतः हुनै नसक्ने जनमत संग्रहको प्रावधान राखिएको भनेर डा. राउतले आफ्ना कार्यकर्तालाई ‘मूर्गा’ बनाएका छन् । जब उनका कार्यकर्ताले यो थाहा पाउनेछन् । तब सिके राउतले कसरी रातारात आत्मसमर्पण गरे भन्ने कुराको पुष्टिका लागि अर्को कुनै सामान्य सेन्सको जरुरत पर्ने छैन ।

गृहमन्त्री बादलले हस्ताक्षर गरेको सहमतिपत्रमा स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट सिके राउतले सही गरेका छन् । यो स्वतन्त्र मधेस गठबन्धन आफैंमा विखण्डनको पक्ष लिँदै आएको र राज्यले मान्यता नदिएको संगठन हो ।

स्वयं गृहमन्त्री बादलले स्वतन्त्र मधेस गठबन्धन भन्नु गैरकानूनी हुने बताएका छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटदै नेकपा अध्यक्ष दाहालले सीके राउतको स्वागतका क्रममा भएका नारावादी, प्लेकार्ड, ब्यानर र दस्ता प्रदर्शनबारे जिज्ञासा राखेका छन् ।

श्रोतका अनुसार राउतसँग भएको सहमतिबारे आशंका व्यक्त भइरहेका बेला उनको समूहले स्वतन्त्र मधेसको ब्यानर प्रयोग गर्दा थप सशंकित हुनुपर्ने अवस्था बनेको भन्दै दाहालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए। यस्ता गतिविधि जारी रहने खालको अवस्था हुन नदिन पनि उनले प्रधानमन्त्रीलाई सचेत गराएका छन्।

व्यावहारिक रूपले आफ्नो समूहलाई सहमतिबारे बुझाउने समय र प्रक्रियाका कारण यस्तो भएकाले सरकारलाई आशंका छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै दाहालले पोखरामा भने, ‘भर्खरै छुटेको र तयारी नगरी तराई झरेकाले त्यस्तो भएको हुन सक्छ।

पार्टी भित्रका नेता मन्त्रि हरुसंग छलफल नगरी प्रधानमन्त्रीले यो कदम चालेकाले भिमरावल लगायतका नेता हरुले असन्तुस्ट जनाएका छन् यो विषयमा ओलीले स्पस्ट परेका छन्।