भारतले पाकिस्तान जाने तिनवटा नदि बन्द गर्यो ,,
फागुन,२८ काठमाडौं – भारत पाकिस्तान तर्फ आक्रामक देखिएको छ ।भारत बाट पाकिस्तान तिर बग्ने तिनवटा नदिको पानि भारतले बन्द गरेको छ ।केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् ।
केहि हप्ता गाडी कश्मीरको पुलवा आक्रमण र आक्रमण भएको प्रकरणलाई लिएर पाकिस्तान जाने पानि बन्द गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गर्ने बताएपछि भारतका केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले जानकारी गरे
अहिले राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय केन्द्रीय जलसंशाधन मन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् ।राज्यमन्त्री मेघवालले तीन वटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् ।
उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ ।
पुलवा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो छ । पुलवा आक्रमणमा भारतीय ४० सैनिक मारिएका थिए । आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको थियो ।
जैश ए मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण गरेको र भारतलाई आक्रमण गर्न प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । तर, यसलाई पाकिस्तानले खण्डन गर्दै आएको छ । यद्यपि भारत र पाकिस्तानबीच हवाइ हमलासम्मका घटना भएका थिए ।
पाकीस्तानले भारतको एउटा लडाकु विमान खासलेको थियो विमानका पाइलटलाई नियन्त्रणमा लिएर पाकिस्तानले भारतलाई बुझायो र यो शान्तिको संदेश हो अब देखि यस्तो नहुने सम्मत चेतावनी दिएको थियो उक्त घटना लिएर भारत पनि पछि हटेको थियो। तर अब भारत;ए फेरी पाकिस्तान जाने तिन वटा नदि बन्द गरेको छ ।